उनले भनिन्, ‘जेनजी आन्दोलनमा ज्यान गुमाउनु भएका शहीदहरुप्रति सम्मान प्रकट गर्दै परिवारजनमा गहिरो दुख व्यक्त गर्दछु । म कुनै शासकिय आकांक्षा बोकेर कुनै पदको लालचमा प्रधानमन्त्री बनेको होइन । विथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउनका लागि र देशलाई संकटबाट बचाउन विशम परस्थितीमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ ।’
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पहिलो पटक संसदमा सम्बोधन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार राष्ट्रिय सभालाई सम्बोधन गरेकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराइन् ।
उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाएको बताइन् । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरिन् ।
आफू कुनै शासकीय आकांक्षा वा पदको लोभले प्रधानमन्त्री नबनेको स्पष्ट गर्दै उनले विथोलिएको संवैधानिक व्यवस्थालाई सही मार्गमा फर्काउन र देशलाई संकटबाट जोगाउन विशम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताइन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर गएको बताउदै उनले केहि कानुन बनाउन भनेको र छोटो समयमा सम्भव नभएपछि उनले छोडेर गएको बताएकी छन् । त्यस्तै दुई जना मन्त्री रास्वपामा गएको, महावीर पुन स्वतन्त्र चुनाव लडेको र कुलमान घिसिङको आफ्नै पार्टी रहेकाले सरकारमा रास्वपाका मात्र मन्त्री रहेको भन्ने आरोपको प्रधानमन्त्री कार्कीले खण्डन गरेकी छन् ।
