काठमाडौं । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा ‘मेरो महान कथा: संस्कृति र विकास’ भन्ने रहेको छ ।
यस नाराले मानव गतिशीलताले कसरी विकासलाई अगाडि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई एकअर्कालाई जोड्न, अनुकूलन गर्न र समर्थन गर्न मद्दत गर्छ भन्ने कुरा प्रकाश पार्छ । हाल बसाइँसराइले अर्थतन्त्र, समुदाय र विश्वव्यापी विकासलाई आकार दिइरहेको हुनाले यो सन्देश पहिलेभन्दा बढी जरुरी रहेको छ । संयुक्त राष्ट्रसंघले १ डिसेम्बर, सन् १९९० मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो ।
सन् १९९० मा महासन्धि पारित भए पनि आप्रवासी दिवस भने सन् २००० बाट मनाउन सुरु गरिएको हो । विगतका वर्षमा जस्तो यो वर्ष आप्रवासन दिवस कोरोना भाइरसका कारण आप्रसावीले राम्ररी मनाउन पाएनन् । वैदेशिक रोजगारी, शिक्षा, विभिन्न पेसासँगै व्यवसाय गर्न एक देशबाट अर्को देशमा मानिसहरूको आवतजावत गर्ने क्रम बढ्न थालेपछि यो दिवस मनाउन थालिएको छ ।
