काठमाडौं।अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बीचमा यहूदी समुदायले हनुक्का पर्व मनाइरहेको समयमा भएको गोलीकान्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।मृत्यु हुनेहरूमध्ये १२ वर्षका बालकसमेत छन् ।
आइतबार साँझ बन्डी बीचमा हनुक्काको पहिलो दिनको कार्यक्रमका लागि सयौँ मानिस भेला भएका थिए । यही क्रममा हतियारधारीहरूले भीडमा गोली चलाएका थिए ।प्रहरी अधिकारीहरूका अनुसार यो हमला विशेष रूपमा यहूदी समुदायलाई निशाना बनाएर गरिएको थियो । यस घटनामा ३८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री रायन पार्कले बताएका छन् ।

स्वास्थ्य मन्त्री पार्कका अनुसार अन्य तीन बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ ।